ललितपुरबाट साढे ११ लाखसहित जुवाडेहरू पक्राउ

ललितपुर । ललितपुरबाट प्रहरीले ११ लाख ५५ हजार नगदसहित १८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

शनिबार राति महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका शंकर बस्नेतको घरबाट उनीहरूलाई पक्राउ गरिएको सातदोबाटो वृत्तले जनाएको छ ।

बस्नेतको दुई तले पक्की घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीले जुवाको खालबाट ११ लाख ५५ हजार ५७५ नगद र जुवातास खेल्न प्रयोग गरेको १६ पिस कौडा समेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर जिल्लाको सूर्यविनायक–२ का वर्ष ४९ का सुरेश पौडेल, वर्ष ४३ का पूर्णकृष्ण श्रेष्ठ, वर्ष ३६ का विकास श्रेष्ठ रहेका छन् ।

वर्ष ४३ का केशव बस्नेत, वर्ष ५७ का मधुसुदन महत, वर्ष ४३ का पवन खत्री वर्ष ५४ का श्याम कायस्थलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महालक्ष्मी–५ का वर्ष ५४ का भुवन रानामगर, बेल बहादुर बुढाथोकी, वर्ष ४६ का विशबहादुर बुढाथोकी, वर्ष ४३ का सन्तोष रानामगर, महालक्ष्मी–७ बस्ने वर्ष ४३ दीप श्रेष्ठ, वर्ष ५४ का शंकर बस्नेत पनि पक्राउ परेका छन् ।

वर्ष ४५ का भरत थापा, वर्ष ४० को राजाराम बस्नेत, वर्ष ५० को राजन महजन र काठमाडौं–३२ बस्ने वर्ष ४९ का गोकुल खड्कालाई पनि पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

Published : Sunday, 2020 November 1, 11:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया