न्युयोर्कमा कांग्रेस नेता सुवेदी सम्मानित

न्युयोर्क । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाली जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष आनन्त सुवेदी न्युयोर्कमा सम्मानित भएका छन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाको निमन्त्रणा न्युयोर्क स्टेट सिनेटर जोन सी लुले सुवेदीलाई सम्मान गरेका हुन् ।

कोरोना महामारीका बेला न्युयोर्क सिटीभित्रका समुदायलाई सहयोग गरेको मूल्यांकन गर्दै सुवेदीलाई सम्मान गरिएको हो ।

न्युयोर्क सिटीका मेयर विल दे ल्वासियोद्वारा सम्मानित गर्ने कार्यक्रम भए पनि कार्यव्यस्तताले उपस्थित हुन सकेका थिएनन् ।

मेयर विल दे ल्वासियोका प्रतिनिधि मेलिण्डा कार्जलेले सम्मान पत्रहरू प्रदान गरेकी थिइन् ।

सुवेदीले राज्यका सिनेटर, मेयरका प्रतिनिधि, गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकालाई विशेष धन्यावाद दिएका छन् ।

Published : Sunday, 2020 November 1, 8:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया