कांग्रेस निकट जनसम्पर्क समितिको न्युयोर्क च्याप्टर गठन, नयाँ सदस्यहरू मनोनीत

न्युयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति धनञ्जय नरसिंह केसीले केन्द्रीय समितिको सदस्यहरू मनोनीत गरेका छन् ।

केसीले कमला पन्त, अशोक ज्ञवाली, विनिता तामाङ, तुलबहादुर तामाङ, मनोज शर्मा, सविता सिलवाल र सुजाता लामालाई मनोनीत गरेका हुन् ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको न्युयोर्क च्याप्टर गठन भएको छ । च्याप्टरको सभापति दीवाकर वागचन्द रहेका छन् ।

कार्यसमितिको दुई उपसभापतिमा विपिन कोइराला र विराट जिसी रहेका छन् । महासचिवमा सुमन सिंह, सचिवमा प्रकाश अर्याल र कोषाध्यक्षमा विनिता रुवाली चयन भएका छन् ।

सदस्यहरूमा सन्तोष राउत, सुभाष केसी, नीता थापा, विक्रम ढकाल, प्रेम विक, छत्र केसी, रक्की मण्डल, समिर लामा, कुशुम गुरुङ, लाच्छिरी शेर्पा, रमेश श्रेष्ठ, कर्णबहादुर तामाङ, संगीता अर्याल चयन भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव सुभाष घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Saturday, 2020 October 31, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया