पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा ज्ञवालीको मृत्यु

तानसेन । गुल्मी जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर अर्का एक जना घाइते भएका छन् ।

शनिबार करीव सवा ११ बजे रिब्दीकोट गाउँपालिका–३ शिरुखर्कमा मोटरसाइकल दुर्घटना हुँदा तानसेन नगरपालिका–१४ अर्गेलीका ३९ वर्षीय हरिप्रसाद ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गुल्मी–पाल्पा पक्की सडकखण्डमा तानसेनदेखि रिडी गुल्मीतर्फ जाँदै गरेको लु १९ प ८१७५ नम्बरको मोटर साइकल अनियन्त्रित भई सडकमा पल्टिन जाँदा हरिप्रसाद ज्ञवाली र गुल्मी ग्वादी गाउँपालिका–४ का ४३ वर्षीय अनिल ज्ञवाली घाइते भएका थिए ।

घाइते दुबै जनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा पठाइएको थियो ।

हरिप्रसाद ज्ञवालीको बाटोमै मृत्यु भएको चिकित्सकहरूले घोषणा गरेको प्रहरीले जनाएको छ ।

घाइते अनिल ज्ञवाली उपचारपछि डिस्चार्ज भएका छन् । दुर्घटनाबारेमा पाल्पा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । (तस्वीरः फाइल)

Published : Saturday, 2020 October 31, 6:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया