जलजला गाउँपालिकाद्वारा निःशुल्क पीसीआर परीक्षण शुरु

पर्वत । पर्वत जिल्लाको जलजला गाउँपालिकाले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा कोरोना परीक्षणलाई व्यापक बनाएको छ ।

गाउँपालिकाले एक घर एक पीसीआर जाँच अभियान शुरु गरेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले जानकारी दिए । उनले गाउँपालिकाभित्रका सबै जनतालाई निःशुल्क पीसीआर परीक्षणको सुविधा दिइएको बताए ।

अध्यक्ष मल्लले कोरोना संक्रमणलाई हेलेचेक्र्याइका रुपमा नलिन अपील पनि गरेका छन । उनले जनताको घरदैलोमा पुगेर कोरोनाबारे जनचेतना फैलाइने समेत बताएका छन् ।

मंगलबार बिहान १० बजेदेखि मिलनचोकबाट स्वास्थ्यकर्मीहरुको टोलीले समुदायस्तरमा स्वाब संकलन शुरु गरेका छन् ।

अध्यक्ष समल्लसहित विभिन्न व्यक्तिहरु कन्ट्याक ट्रेसिङमा परेका थिए । जलजला गाउँपालिकामा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि पहल शुरु गरिएको अध्यक्ष मल्लले बताएका छन् ।

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोनाका संक्रमितको निःशुल्क परीक्षण र उपचारमा नगर्ने निर्णय गरेका बेला नेपाली कांग्रेसले जितेको जलजला गाउँपालिकाले कोरोना रोकथामका लागि जनताको निःशुल्क पीसीआर परीक्षण गर्न शुर गरेको छ ।

Published : Tuesday, 2020 October 27, 3:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया