राईहरुले पनि दशैँ मनाउनु धार्मिक विधिता होः कांग्रेस नेता खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले राईहरुको परम्पराअनुसार सेतो टीका लगाएर दशैँ पर्व मनाएका छन् ।

खतिवडाले दशैँको टीकाको दोस्रो दिन ओखलढुंगाको मानेभञ्ज्याङमा मंगलबार दशैँको टीका जमरा ग्रहण गर्दै खतिवडाले सबै समुदायले आफ्नै धर्म संस्कृतअनुसार पर्वहरु मनाउने गरेको बताए । उनले दशैँमा लगाउने टीकाको रंगभन्दा पनि त्यसले दिने सन्देशमा ठूलो अर्थ रहने बताए ।

राईहरुले पनि दशैँलाई आफ्नै परम्पराअनुसार मनाउने गरेको भन्दै कांग्रेस नेता खतिवडाले सबैले सबैको चाढपर्व मनाउने परम्परा नेपालमा विविधताको नमूना रहेको बताए ।

खतिवडाले दशैँको दोस्रो दिन आफूले मान्ने राई समूदायका अग्रजहरुसँग टीका र जमरा लिएका छन् । उनले सबै धर्म र जातीहरु मिलेर बस्ने कुरा नेपालको आफ्नै मौलिक परम्परा रहेको बताएका छन् ।

Published : Tuesday, 2020 October 27, 2:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया