कोरोनाको निःशुल्क उपचार नगर्ने सरकारी निर्णय ठीक भएनः पूर्वअर्थ सचिव सुवेदी

काठमाडौं । पूर्वअर्थ सचिव शान्तराज सुवेदीले सरकारले कोरोनाका बिरामीको निःशुल्क उपचार नगर्ने भनेर गरेको निर्णयको विरोध गरेका छन् ।

सुवेदीले सोमबार सामाजिक सञ्जालमा स्टाटसमार्फत सरकारी अस्पतालहरूमा कोरोनाका बिरामीहरूको निःशुल्क उपचार हुनुपर्ने धारणा राखेका हुन् ।

‘कोरोनाका बिरामीलाई सरकारी अस्पतालमा निःशुल्क नगरेर सरकारले राम्रो काम गरेन’, पूर्वअर्थ सचिव सुवेदीले भनेका छन्, ‘यो आधारभूत स्वस्थ्यसँग जोडिएको र संविधानले प्रत्याभूत गरेको विषय हो ।’

‘सरकारीमा जाने अधिकांश कमजोर, विपन्न र सरकारको आशा गर्ने नै हुन’, सुवेदीले भने, ‘यो निर्णयमा पुनर्विचार गर्नुपर्छ । अहिलेको खर्च प्राथमिकता स्वस्थ्य नै हुनुपर्छ भन्छन् ठूल्दाई ।’

सरकारले केही सर्तबाहेक कोरोनाका बिरामीको उपचार निःशुल्क नगर्ने निर्णय गरेपछि बिरोध भइरहेको छ ।

Published : Monday, 2020 October 19, 10:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया