तरुण दलद्वारा बाह्रबिसेमा चामल र मास्क वितरण

बाह्रबिसे । नेपाल तरुण दल सिन्धुपाल्चोकले बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ देउराली घलाङ्सामा निःशुल्क चामल वितरण गरेको छ ।

तरुण दलका अध्यक्ष दोर्जे लामाका अनुसार आइतबार देउराली घलाङ्साका बाढीपहिरो पीडितहरूलाई दशैँ मान्नका लागि ५६ बोरा चामल वितरण गरिएको छ ।

चालम लिन आएका सर्वसाधारणहरूलाई तरुण दलले सर्जिकल मास्क पनि वितरण गरिएको अध्यक्ष लामाले जानकारी दिए ।

‘दशैँका बेला बाढीपहिरो पीडितहरूलाई भोकै बस्न नपरोस भनेर हामीले सकेको चामल वितरण गरेकाम छौँ’, अध्यक्ष लामाले भने, ‘कोरोनाबाट बच्न जनचेतनाका लागि सर्जिकल मास्क पनि वितरण गरेका छौँ ।’

अध्यक्ष लामाले पहिरोपीडितहरूलाई दशैँमा समस्या नहोस् भनेर चामल किनेर निःशुल्क वितरण गरेका हुन् ।

यसअघि, तरुण दल सिन्धुपाल्चोकले त्रिपुरा सुन्दरी गाउँपालिका–२ सेलेलेका बाढीपहिरो पीडितहरूलाई शनिबार चालम र मास्क वितरण गरिएको थियो ।

Published : Sunday, 2020 October 18, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया