दशैँ मान्न तरुण दलद्वारा सिन्धुपाल्चोकमा चामल वितरण

सिन्धुपाल्चोक । नेपाल तरुण दल सिन्धुपाल्चोकले बाढीपहिरो पीडितहरूलाई दशैँ मनाउन सहज होस् भनेर निःशुल्क चामल वितरण गरेको छ ।

तरुण दलका अध्यक्ष दोर्जे लामाका अनुसार शनिबार त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर २ सेलेलेका बाढीपहिरो पीडितहरूलाई ३५ बोरा चामल वितरण गरिएको छ । पीडितहरूलाई दशैँमा समस्या नहोस् भनेर चामल वितरण गरिएको अध्यक्ष लामाले बताए ।

तरुण दलले पठाएको चामल नेपाली कांग्रेस त्रिपुरासुन्दरी गाउँपालिका–२ ईकाइ सभापति रमेश राउत, त्रिपुरासुन्दरी गाउँपालिका तरुण दलका अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष दीपक गुरुङ लगायतको उपस्थितिमा वितरण गरिएको थियो ।

सोही कार्यक्रममा चामालका साथै सर्वसाधारणहरूलाई कोरोनाबाट बच्नका लागि मास्क पनि वितरण गरिएको छ ।

नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष लामाले यसअघि जिल्लाभरि ४१ हजार पिस सर्जिकल मास्क वितरण गरिसकेका छन् ।

Published : Sunday, 2020 October 18, 11:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया