वीरगञ्जमा २२ किलो सुन बरामद

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जमा २२ किलो सुन बदारम गरेको छ ।

शनिबार एक अपार्टमेन्टमा छापा मारेर प्रहरीले २२ किलो बढी सुन बरामद गरेको हो ।

वीरगञ्ज महानगरपालिकाको गणेश अपार्टमेन्टमा दुई घण्टा लामो समय छापा मारेर प्रहरीले सुन बरामद गरेको जनाएको छ ।

निलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा पहेंलो धातु बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिएकी छिन् ।

Published : Saturday, 2020 October 17, 3:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया