कक्षा १२ को परीक्षा वैकल्पिक व्यवस्थामार्फत गर्न कांग्रेसको आग्रह

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कक्षा १२ को वार्षिक परीक्षा वैकल्पिक व्यवस्थामार्फत सञ्चालन गर्न आग्रह गरेको छ ।

कोरोनाका कारण सात महिनादेखि रोकिएको कक्षा १२ को परीक्षा हुन सकेको छैन ।

कांग्रेसका शिक्षा विभागका सचिव डा.कृष्णप्रसाद पौडेलले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरी परीक्षाजस्तो विषयमा सरकार उदासीन देखिएकोमा खेद प्रकट गरेका छन् ।

उनले वैकल्पिक व्यवस्थामार्फत परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेका छन् ।

कक्षा १२ को परीक्षा अगावै बिचौलियाले स्नातक तहको इन्जिनियरिङलगायत कार्यक्रममा डोनेसनको आधारमा विद्यार्थी भर्ना गरेको भन्ने बुझिएको भन्दै बिचौलियालाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

Published : Saturday, 2020 October 17, 9:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया