पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।

नेता खनाललाई काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । उनलाई उच्च रक्तचापमा समस्या भएपछि अस्पताल भर्ना गरिएको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।

बुधबार चार बजे अस्पताल भर्ना गरिएका वरिष्ठ नेता खनालको स्वास्थ्यमा सुधार भएपछि बिहीबार डिस्चार्ज गर्ने तयारी भइरहेको भट्टराईले बताए ।

Published : Thursday, 2020 October 15, 8:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया