पाल्पामा प्रहरीलाई ठूलो सफलता, अबैध सालको काठसहित ट्याक्टर पक्राउ

तानसेन । जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध सालको २४ थान गोलिया काठसहित ट्याक्टर बरामद गरेको छ ।

प्रहरी चौकी ताहुँबाट प्रहरी सहायक निरीक्षक शिवकुमार यादवको कमाण्डमा खटिएको गस्ती टोलीले रम्भा गाउँपालिका–५ सेर्काबासस्थित सेर्काबास–हेक्लाङ कच्ची सडक खण्डबाट अबैध सालको काठसहित ट्याक्टर नियन्त्रणमा लिएको हो ।

मंगलबार हेक्लाङबाट सेर्काबासतर्फ आउँदै गरेको लु ३ त ३२७० नम्बरको ट्याक्टरलाई रोकी चेकजाँच गर्दा ट्याक्टरमा अबैध साल जातको काठ थान–२४ गुलिया फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोष भट्टराईले जानकारी दिए ।

स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका–२ लसर्घा बस्ने वर्ष २८ का चालक टंकबहादुर दमाई समेतलाई नियन्त्रणमा लिइएको छ ।

ट्याक्टर, सवारी चालक र वरामद काठलाई डिभिजन वन कार्यालय, पाल्पामा आवश्यक कार्वाहीको लागि बुझाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी भट्टराईले जानकारी दिए ।

Published : Wednesday, 2020 October 14, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया