कांग्रेस नेता बस्नेतले रोजिनाको उच्च शिक्षाका लागि शुल्क तिरिदिए

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोककी रोजिना बस्नेतको शिक्षाका लागि शुल्क तिरिदिएका छन् ।

बाह्रबिसे नगरपालिका–५ मा गत असार २५ गतेको पहिरोले घर जोखिममा पारेको र आफ्नो बाबु अपांग तथा घरको पारिवारिक अवस्था कमजोर रहेकी रोजिना बस्नेतलाई स्नातकसम्मको शिक्षा दिलाउने उद्देश्यसहित कांग्रेस नेता बस्नेतले काठमाडौंस्थित सीसीआरसी नामक प्रख्यात कलेजमा व्यवस्थापन संकायमा अध्ययन गर्नको लागि कक्षा ११ मा भर्ना गरिदिएका छन् ।

एक वर्षभरिको ट्युसन फि भुक्तानी गरिएको रसिद बुधबार पूर्वमन्त्री बस्नेतले रोजिना बस्नेतलाई हस्तान्तरण गरेका छन् ।

पूर्वमन्त्री बस्नेतको ‘गरिब तथा साहारा विहीनहरूको लागि शिक्षाको न्यानो घाम’ अभियानमा पर्यटन व्यवसायी तथा समाजसेवी लीलाधर भण्डारी लगायत सिङ्गो क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरले हातमा हात मिलाएका छन् ।

Published : Wednesday, 2020 October 14, 5:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया