राप्रपाको केन्द्रीय सदस्यमा थोकर मनोनीत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्यमा राम थोकर मनोनीत भएका छन् ।
राप्रपाका अध्यक्ष कमल थापाले थोकरलाई आइतबार केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
केन्द्रीय सदस्य मनोनीत गरेकोमा अध्यक्ष थापालाई थोकेरले धन्यावाद समेत दिएका छन् ।
मकवानपुर जिल्ला निवास थोकर राप्रपाको राजनीतिमा लामो समयदेखि सक्रिय छन् ।
Published : Monday, 2020 October 12, 5:08 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया