कोरोना उपचारमा गम्भीर बन्न काठमाडौं–९ कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका– ९ कार्यसमितिले कोरोनाभाइरसका संक्रमित तीब्र रुपमा वृद्धि भएको भन्दै सम्वेदनशील हुन वडा कार्यालयलाई आग्रह गरेको छ ।

नेपाली कांग्रेसका वडा सभापति भीमार्जुन आचार्य र सचिव पुस्कर बास्ताकोटीले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर संक्रमितहरूको स्वास्थ्यलाई विशेष ध्यान दिन आग्रह गरेका छन् ।

उनीहरूले कोरोना महामारीबाट वडाबासी समस्यामा पर्दा वडा कार्यालयको विशेष जिम्मेवारी हुनेभन्दै क्वारेन्टिन, आइसोलेसनको व्यवस्था गर्न माग गरेका छन् ।

कांग्रेस सभापति आचार्यले वडामा सूचना डेस्क राख्नुपर्ने माग गर्दै बिरामीलाई आइसीयु वा भेन्टिलेटरमा राख्नुपर्ने समस्या आउन सक्नेमा पनि सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

Published : Monday, 2020 October 12, 3:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया