डा.केसीसँग वार्ता गर्न देउवाको अनुरोध

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनशनरत डा. गाविन्द केसीसँग वार्ता गर्न अनुरोध गरेका छन् ।

देउवाले डा.केसीको जीवन रक्षा गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् । आइतबार विज्ञप्ति जारी गरेर देउवाले डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएका कारण अविलम्ब वार्ता गरी जीवन रक्षा गर्न ढिलाइ नगर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

‘डा. केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उहाँको जीवन रक्षा गर्न किन्चित ढिलाइ नगर्न आग्रह गर्दै, ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी समेत म दिन चाहन्छु’, देउवाले भनेका छन् ।

Published : Sunday, 2020 October 4, 7:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया