कांग्रेस नेता एवम् पूर्वमन्त्री गिरीद्वारा प्रदेश ५ को नाम र राजधानीको स्वागत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले प्रदेश ५ को प्रस्तावित राजधानी भालुबाङको स्वागत गरेका छन् ।

गिरीले प्रदेश ५ को राजधानी दाङ जिल्लालाई बनाउन विगतमा आफूले भरपुर प्रयास गरेको स्मरण गरेका छन् ।

उनले प्रदेश सरकारबाट भएको निर्णयको स्वागत गर्दै प्रदेश सभाबाट पारित हुनेमा आफू आशावादी रहेको बताएका छन् ।

‘दाङको भालुबाङनै शुरुदेखि राजधानी बनाउनुपर्छ भनेर प्रस्ताब गर्दै आएको थिएँ’, उनले भने, ‘आज प्रदेश ५ सरकारले भालुबाङलाई राजधानी र नाम लुम्बिनी राख्ने प्रस्ताब राखेकोमा अत्यन्तै स्वागत योग्यसहित जनतालाइ पायक पर्ने गरि निर्णय गरेकोमा प्रदेश सरकारलाई धन्यवाद छ ।’

पूर्वमन्त्री गिरीले भनेका छन्, ‘अब यसलाई प्रदेश सभाबाट पनि पास गर्नुहोस् मेरोतर्फबाट शुभकामना छ ।’

Published : Friday, 2020 October 2, 4:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया