कांग्रेस केन्द्रीय सदस्य चौधरीद्वारा प्रदेश ५ को राजधानी भालुबाङको स्वागत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले प्रदेश ५ को राजधानी देउखुरीको भालुबाङलाई केन्द्र बनाउने गरेर आएको निर्णयको स्वागत गरेका छन् ।

प्रदेश ५ को सरकारले दाङको देउखुरी उपत्यकास्थित भालुबाङ बजारलाई केन्द्र बनाएर राजधानी बनाउने निर्णय गरेको थियो । सो निर्णय प्रदेश सभामा समेत प्रस्तुत भइसेकेको छ ।

‘प्रदेश ५ को राजधानी दाङको भालुबाङ बनाउने प्रस्तावलाई स्वागत गर्दै छिट्टै संसदबाट पास हुनेमा विश्वास ब्यक्त गर्दछु’, उनले भनेका छन्, ‘सबै दाङबासीहरूको मात्र होइन यस प्रदेशको जनताको उचित सम्मान भएको छ ।’

कांग्रेस केन्द्रीय सदस्य चौधरीले आफूले पनि दाङलाई प्रदेशको राजधानी बनाउन माग गर्दै आएको बताए । उनले भालुबाङलाई केन्द्र बनाएर राजधानी बनाउने निर्णय गर्ने सबैलाई धन्यावाद दिएका छन् ।

शुक्रबार प्रदेश सरकारले दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको एउटा गाउँपालिकालाई समेटेर राजधानी बनाउने निर्णय गरेको थियो ।

Published : Friday, 2020 October 2, 4:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया