कांग्रेस नेता बस्नेतद्वारा मिर्गौलापीडितलाई ५ लाख २२ हजार हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले मिर्गौलापीडित प्रवीन आले मगरलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५ चनौटेका १७ वर्षीय मगरलाई उपचारका लागि कांग्रेस नेता बस्नेत ३ लाख १ हजार १ सय रुपियाँ नगद रकम हस्तान्तरण गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य बस्नेतका अमेरिकामा बस्दै आएका भाई प्रकाश बस्नेतले २ लाख ८६ हजार संकलन गरि पठाएका थिए ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले १५ हजार १ सय व्यक्तिगत रुपमा प्रदान गरेका छन् ।

जुगल गाउँपालिका–५ का वडाध्यक्ष एवम् नेपाली कांग्रेस जुगल गाउँपालिकाका सभापति सनतकुमार अधिकारीको सक्रियतामा २ लाख २१ हजार ७ सय संकलन गरि मगरलाई हस्तान्तरण गरिएको छ ।

Published : Thursday, 2020 October 1, 6:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया