अमेरिकामा जीपी फाउण्डेशनद्वारा निःशुल्क खाद्यान्न वितरण

न्युयोर्क । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले निःशुल्क खाद्यान्न वितरण गरेको छ ।

बुधबार खाद्यान्न दुई चरणमा वितरण गरिएको थियो । पहिलो चरणमा बिहानको ११ः३० बजे न्युयोर्क शहरको क्वीन्स बोरो भन्ने स्थानमा निःशुल्क खाद्यान्न वितरण गरिएको हो ।

खाद्यान्न वितरण कार्यमा क्विन्स बोरो प्रेसिडेन्ट शारोन लिले ५० बक्स ग्रोसरी ड्राई फुड सहयोग गरेका थिए ।

ती खाद्यान्न क्विन्स बोरो प्रेसिडेन्टकै कार्यलयबाट केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा र केन्द्रीय सदस्य रामचन्द्र अधिकारीको संयोजकत्वमा वितरण गरिएको छ ।

नुप्री एसोसियेसन अमेरिकालाई २० बक्स ग्रोसरी र गुरुङ (तमु) समाज न्युयोर्कलाई २० बक्स ग्रोसरी फाउण्डेशनले हस्तान्तरण गरेको छ ।

१० बक्स ग्रोसरी फाउण्डेशनले केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा र केन्द्रीय सदस्य रामचन्द्र अधिकारीमार्फत वितरण गरिएको छ ।

दोस्रो चरणको निःशुल्क खाद्यान्न वितरण बुधबार दिउँसो ३ बजे सम्पन्न भएको छ ।

फाउण्डेशनले रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेनसँग सहकार्य गरी ५७६ बक्स निःशुल्क दुग्धजन्य पदार्थहरू वितरण गरिएको छ ।

फ्रोजन चिकेन र फलफूल पनि वितरण गरिएको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी दिएका छन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको क्वीन्समा रहेका संघसंस्थाहरू युनाईटेड शेर्पा एसोसिएसन अमेरिकाका उपाध्यक्ष फुर्वा शेर्पामार्फत ८० बक्स, नेपाली कांग्रेसका युवा नेता अनिल पाण्डेमार्फत १८० बक्स, नेपाली कांग्रेसका युवा नेता भोजराज ठोक्करमार्फत ५ बक्स, पल्जु शेर्पामार्फत १० बक्स, लाएन्स क्लव क्वीन्स बुद्वका उपाध्यक्ष बुद्व पौडेलमार्फत १० बक्स वितरण गरिएको छ ।

तिब्बतीयन कम्युनिटी एन वाइ–एन जेकी तेन्जिन टिस्याङमार्फत ९० बक्स, द गुरुङ (तमु) समाज अमेरिका– न्युयोर्कका उपाध्यक्ष सिद्वार्थ गुरुङमार्फत ४४ बक्स, एभरेस्ट टाईम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पामार्फत ५ बक्स, नुप्री एसोसियेसन अमेरिकाका अध्यक्ष पेम्वा जिम्बामार्फत ५० बक्स र व्यक्तिगत लाईनमा वितरण १०२ बक्स निःशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन र फलफूल फाउण्डेसनले वितरण गरेको छ ।

फाउण्डेसनको निःशुल्क खाद्यान्न वितरण कार्यक्रममा तनमन र बचन दिएर सहयोग गर्नेहरूलाई अध्यक्ष घिमिरले धन्यावाद दिएका छन् ।

उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य रामचन्द्र अधिकारी र केन्द्रीय सदस्य सूर्य सिम्खडा सहयोगका लागि खटिएका थिए ।

स्वयंसेवीहरू नेपाली कांग्रेसका युवा नेता पंकज सुब्बा, अनिलराज पाण्डे, प्रेमलाल बुढा मगर, विमल रोक्का, लक्ष्मण पुन, राम अधिकारी, प्रधुम्न रायमाझी, कुमार खडका, नारायण भट्टराई, राजु घर्ती, माधव जोसी, बुद्वि पौडेल, नेपाली कांग्रेसकी नेतृ कमला पन्त न्युयोर्क, फाउण्डेशनकी महिला सदस्य मुना भण्डारी केसीलगायत खटिएका थिए ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले क्विन्स बोरो प्रेसिडेन्ट शारोन लि र रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा.ओट्टो स्टार्जमेनलाई धन्यवाद दिएको छ ।

Published : Thursday, 2020 October 1, 4:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया