पाल्पामा जंगली च्याउ खाँदा दुई जना बिरामी

तनसेन । पाल्पा जिल्लामा जंगली च्याउनको तरकारी खाँदा दुई जना बिरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउँ गाउँपालिका–६ अर्खले बस्ने ३० वर्षीया मीना सारु र उनका भाई १४ वर्षीय कमल अर्घाली बिरामी भएका हुन् ।

च्याउको तरकारी खानेवित्तिकै उनीहरूलाई वान्ता हुनुका साथै पखाला लागेको थियो । उनीहरूको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको छ ।

Published : Wednesday, 2020 September 30, 7:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया