थापा र भट्ट हटाउने अडानमा दाहाल, ओली नेगेटिभ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई हटाउने वा नहटाउने भन्ने विषयमा विवाद हुँदा मन्त्रिमण्डल पुनर्गठनमा समस्या भएको छ ।

नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री थापालाई हटाउने अडानमा रहेको स्रोतको दाबी छ । दाहालले आपूर्तिमन्त्री भट्टलाई पनि हटाउन चाहेका छन् ।

दाहालको कोटाबाट मन्त्री बनेका थापा र भट्टले ओलीलाई साथ दिँदै आएका छन् । थापा र भट्टले ओलीलाई साथ दिएको दाहाललाई मन परेको छैन ।

गृह मन्त्रीबाट थापालाई हटाएर बामदेव गौतमलाई उपप्रधानसहितको मन्त्री बनाउन दाहालको प्रस्ताव छ ।

दाहालको प्रस्तावमा ओली सकारात्मक छैनन् । सोही कारण पनि मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ भइरहेको चर्चा छ ।

दाहाल आफूसँग सकारात्मक नरहेको चाल पाएपछि थापाले ओलीसँग निरन्तर गोप्य रुपमा भेट्दै आइरहेको नेकपाका एक नेताले बताएका छन् ।

Published : Tuesday, 2020 September 29, 10:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया