काठमाडौंमा नेविसंघले चीनको सातो लियो, कम्युनिस्ट सरकारद्वारा छ जना पक्राउ

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा काठमाडौंस्थित चिनियाँ राजदूतावास अगाडि प्रदर्शन भएको छ ।

नेपाली भूमि अतिक्रमण भएको विरोधमा सोमबार नेविसंघका नेता तथा कार्यकर्ताहरूले बालुवाटारस्थित चिनियाँ राजदूतावास अगाडि प्रदर्शन गरेका हुन् ।

चिनियाँ राजदूतावास अगाडि भएको प्रदर्शनमा कम्युनिस्ट सरकारले हस्तक्षेप गरेर नेविसंघका ६ जना नेता पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेविसंघका नेताहरू नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, विन्दा बोगटी, अर्बत खड्का, दीपेन्द्र खड्का रहेका छन् ।

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ लिमिलाप्चामा चीनले नेपाली भूमि मिचेर ९ वटा घर बनाएको छ । नेपाली भूमि फिर्ताको माग गरेर नेविसंघले प्रदर्शन गरेको थियो ।

Published : Monday, 2020 September 28, 7:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया