तरुण दलद्वारा जलजलामा रक्तदान

कुश्मा । पर्वत जिल्लामा रगत अभाव नहोस् भनेर नेपाल तरुण दल जलजला गाउँपालिकाले रक्तदान गरेको छ ।

कोरोनाभाइरसका कारण रगतको अभाव हुन लागेपछि रगतको अभाव हुन नदिन रक्तदान गरिएको हो । आइतबार महोन चोकमा भएको कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद अर्जुनप्रसाद जोशीले युवाहरूले बिरामीलाई रगतको अभाव हुन नदिन गरेको रक्तदान कार्यक्रम गर्नु उदाहरणीय रहेको बताए ।

सामाजिका कार्य गर्न तरुण दल सदैब अगाडि रहेको जोशीले बताएका छन् ।

नेपाली कांग्रेसका युवा नेता एवम् जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले समाजमा हुने हरेका परिवर्तनमा युवाहरूको महत्वपूर्ण भूमिका रहने बताए ।

नेपाल रेडक्रस सोसाइटी पर्वतको समन्वय र रक्त सञ्चार केन्द्र बागलुङको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा तरुण दल जलजलाका अध्यक्ष प्रकास फगामी पुनको अध्यक्षता उपाध्यक्ष मनोहरि आचार्यको स्वागत र सचिव पूर्णबहादुर बरुवालले गरेका थिए ।

Published : Monday, 2020 September 28, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया