गढवा कांग्रेसका नेता शर्माको निधन, केन्द्रीय सदस्य चौधरीद्वारा दुःख व्यक्त

लमही । नेपाली कांग्रेसका नेता दिनेशराज शर्माको निधन भएको छ ।

गढवा गाउँपालिका–४ निवासी शर्माको आइतबार निधन भएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीका अनुसार शर्माको निधनले कांग्रेसलाई क्षति पुगेको बताएका छन् ।

‘अत्यन्त उर्जावान, कर्तव्यनिष्ठ, मृदु भाषी, जीवनमा कोहीसँग कहिल्यै सानो ठूलोको भेदभाव नगर्ने, आदरणीय दाई दिनेशराज शर्माको दुखद् निधनको समाचारले स्तब्ध बनाएको छ’, चौधरीले बताएका छन् ।

‘शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनप्रति भावपूर्ण समवेदना ब्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि ब्यक्त गर्दछु’, केन्द्रीय सदस्य चौधरीले भनेका छन् ।

नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले पनि पार्टीका क्रियाशील सदस्य एवम् गढवा क्षेत्रका नेता शर्माको निधनले कांग्रेसलाई नोक्सान भएको बताएका छन् । उनले परिवारजनप्रति समेवदना र स्व.शर्माप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

Published : Monday, 2020 September 28, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया