बर्दिया कांग्रेस नेता विनोद अग्रवालको निधन, पार्टीलाई क्षति

गलरिया । नेपाली कांग्रेस बर्दियाका नेता एवम् पूर्वप्रध्यापक विनोद अग्रवालको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित अग्रवालको शनिबार गृहजिल्ला बर्दियामा निधन भएको हो । अग्रवाल बबई क्याम्पसका क्याम्पस प्रमुख थिए ।

अग्रवाल प्राध्यापक संघका नेता समेत हुन् । अग्रवालको निधनले बर्दिया कांग्रेसलाई ठूलो क्षति पुगेको नेपाली कांग्रेस संगठन विभागका सदस्य जन्मजय तिमिल्सिनाले बताएका छन् ।

‘कांग्रेसको राम्रो योद्धालाई हामीले गुमाएका छौँ’, उनले भने, ‘अग्रवालले कांग्रेस र बबई क्याम्पसमा पु¥याउनु भएको योगदानका सबैले स्मरण गर्नेछन् ।’

Published : Saturday, 2020 September 26, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया