दाङमा कांग्रेसको शुभेच्छुक संस्था गठन, विमलाले पाइन् कमाण्डरको जिम्मेवारी

तुलसीपुर । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा दाङमा ‘स्कुल अफ डेमोक्रेसी जिल्ला समिति’ गठन भएको छ ।

तुलसीपुरमा आयोजित विशेष भेलाले विमला योगीलाई संयोजकको जिम्मेवारी दिएको छ ।

नेपाली कांग्रेस दाङका जिल्ला सभापति र्कीतिबहादुर खड्का, पूर्वसांसद राजु खनाल, कमल किशोर घिमिरेलगायतले नयाँ कार्यसमितिलाई बधाइ समेत दिएका छन् ।

समितिको सह–संयोजकको जिम्मेवारी सुष्मा गिरी लामिछानेलाई दिइएको छ । सचिवमा लीला शाह र कोषाध्यक्षको जिम्मेवारी गोमा रावतलाई दिइएको छ । समितिमा विषय विज्ञको रुपमा नकुल केसीलाई मनोनीत गरिएको छ ।

समितिको सदस्यहरूमा लोका बिक, पीमा खड्का, धनपति यादव, कृष्णा राना, सकुन्तला डिसी, टीका घर्ती, मञ्जु बर्जाचार्य, धुव्र केसी, टंकसिंह बुढाथोकी, सुबोध डाँगी रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा गंगा चौधरी, डण्डीराम बिक, पदमा चौधरी, कल्पना न्यौपाने, ईन्द्र चौधरी, श्याम रायमाझी, चेतकान्त योगी, सूर्यप्रसाद शर्मा, कृष्ण खड्का, खेमराज विश्वकर्मा चयन भएका छन् ।

लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासमा सहयोग गर्ने उद्देश्यलका साथ स्कूल अफ डेमोक्रेसी कार्यसमिति दाङ गठन गरिएको संयोजक विमला योगीले जानकारी दिइन् ।

Published : Saturday, 2020 September 26, 7:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया