कांग्रेस नेता एवम् गोदावरीका मेयरलाई कोरोना

लगनखेल । ललितपुर जिल्लास्थित गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई कोरोनाभाइरसको संक्रमण भएको छ ।

गोदावरीका मेयर महर्जनलाई शुक्रबार कोरोना पुष्टि भएको हो । उनीक पत्नीलाई पनि कोरोना संक्रमण भएको छ ।

मेयर महर्जन नेपाली कांग्रेस ललितपुरका नेता समेत हुन् । जनतासँगको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्दै आएका महर्जनलाई कोरोना भएको हो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई समेत शुक्रबार कोरोना संक्रमणको पुष्टि भएको थियो ।

यसअघि, काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना भएको थियो । शाक्य निको भइसकेका छन् ।

Published : Friday, 2020 September 25, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया