शुक्रबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए, काठमाडौंकाे अवस्था उस्तै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार ३ सय १३ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ४५३ महिला र ८६० पुरुषमा कोरोना पुष्टि भएको बताए ।

काठमाडौं उपत्यकामा ६४५ जनामा कोरोना भेटिएको छ । काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना भेटिएको डा.गौतमले बताए ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ हजार ४ सय ५५ जना निको भएर डिस्चार्ज भएका छन् ।

डा.गौतमले पछिल्लो २४ घण्टामा ३ महिला र ३ पुरुष गरि ६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

योसँग नेपालमा मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।

Published : Friday, 2020 September 25, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया