वर्षौंपछि काउन्सिलबाट बाहिरिए किशोर श्रेष्ठ, बुढाथोकी कार्यबाहक अध्यक्ष

काठमाडौं । प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षको जिम्मेवारी गोपाल बुढाथोकीले पाएका छन् ।

जेष्ठताको आधारमा काउन्सिलका सदस्य बुढाथोकीले जिम्मेवारी पाएका हुन् ।

शुक्रबारदेखि कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको म्याद समाप्त भएपछि बुढाथोकीले जिम्मेवारी पाएका हुन् ।

श्रेष्ठले काउन्सिलमा १५–१६ वर्षसम्म सदस्य र कार्यबाहक अध्यक्ष भएर काम गरेका थिए । श्रेष्ठलाई कांग्रेस र कम्युनिस्ट सरकारहरूले निरन्तरता दिएका थिए ।

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले श्रेष्ठलाई काउन्सिलको सदस्यमा नदोहोर्‍याएपछि शुक्रबारदेखि घर जान बाध्य भएका हुन् । श्रेष्ठ नेकपा निकटका मानिन्छन् । आफ्नै दलले श्रेष्ठलाई यसअघि हटाउन खोजेको थियो ।

सर्वोच्च अदालतमा रिट हालेर श्रेष्ठले कार्यबाहक अध्यक्ष पाएर बसेका थिए । श्रेष्ठ जनआस्था साप्ताहिकका सम्पादक हुन् ।

काउन्सिलको कार्यबाहक अध्यक्ष पाएका बुढाथोकी साँघु साप्ताहिकका सम्पादक हुन् । बुढाथोकी पनि नेकपा निकटका पत्रकार हुन् ।

Published : Friday, 2020 September 25, 2:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया