कोरोनाबाट १७ को मृत्यु, काठमाडौंमा संख्या ह्वात्तै बढ्यो, कुन जिल्लामा कति ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरि १ हजार ४ सय ९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ५१३ महिला र ९८४ पुरुषमा कोरोना देखिएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ ।

काठमाडौंमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

काठमाडौं उपत्यकामा ७ सय ५५ जनामा कोरोना पोजेटिभ भेटिएको छ । चितवनमा १ सय ३७ जनामा कोरोना देखिएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ४९ जनामा कोरोना पोजेटिभ देखिएको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ पुगेको छ । होम आइशोलेसनमा रहेकाहरूको संख्या ९ हजार ८ सय २३ रहेको छ । क्वारेन्टिनमा ६ हजार ५ सय ६५ जना रहेको प्रवक्ता डा.गौतमले बताए ।

डा.गौतमले ४५७ जना कोरोनाको संक्रमणबाट मुक्त भइ डिस्चार्ज भएको जानकारी दिए । योसँगै नेपालमा निको भइ डिस्चार्ज हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ ।

प्रवक्ता डा.गौतमले ५ महिला र १२ पुरुष गरि पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५३ जना पुगेको छ ।

Published : Thursday, 2020 September 24, 5:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया