पाल्पामा पहिरोले दुई घर पुरियो, उद्धारमा प्रहरी प्रमुखनै खटिए

तानसेन । पाल्पा जिल्लामा पहिरोका कारण बेलौजामा दुई घर पुरिएको छ ।

रम्भा गाउँपालिका–२ फोक्सिङकोट बेलौजा बस्ने हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख सन्तोष भट्टराईले जानकारी दिए ।

पहिरोका कारणले घर पुरिएपछि मानवीय क्षति भएको हुन सक्ने आशंका प्रहरीको छ ।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख आफै टोलीको कमाण्ड खटिएको छ ।

यसैबीच, पाल्पाको सिद्धार्थ राजमार्गस्थिति बगनासकाली गाउँपालिका–५ ठाँटी र रम्भा गाउँपालिका–३ जामुनेमा पहिरो झरी बर्तुङ– राम्दी सडकखण्ड अवरोध भएको छ ।

सडक डिभिजनसंग समन्वय गरी सडक खुलाउन पहल भैरहको छ ।

Published : Thursday, 2020 September 24, 7:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया