चीनले देख्यो नेपालीहरूको पावर, बेइजिङलाई तनाब
काठमाडौं । काठमाडौंमा चीनविरुद्ध भव्य प्रदर्शन भएको छ । प्रदर्शनका कारण चीनलाई तनाब भएको छ ।
हुम्लामा नेपाली भूमि मिचेको भन्दै नेपालीहरूले बुधबार काठमाडौंस्थित चिनियाँ राजदूतावास अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले ‘गो ब्याक चाइना’को नारा लगाएका छन् ।
हुम्लाको सीमाना लिमीको लाप्चा बगरमा रहेको ११ नम्बरको सीमास्तम्भ हराएको छ ।
त्यसको फाइदा उठाउँदै नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।
अतिक्रमित भूमिबारे बुझ्न हुम्ला प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको नेपाली टोली सीमाबाट बिना निष्कर्ष खाली हात फर्किएको छ ।
चिनियाँ पक्षले लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको र भवन निर्माण गरेको भूमि चिनियाँ भएको दाबी गरेको छ ।
अनुगमन र वार्ताका लागि गएको टोलीलाई चिनियाँ पक्षले हाम्रो भूमिमा वार्ता गर्न मिल्दैन भन्दै हपारेको स्थलगत अध्ययनका लागि गएको टोलीसंग लाप्चा पुगेका नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताएका छन् ।
चीनले १० महिनादेखि नेपाल–चीन नाका खोल्न सहजीकरण नगरेको भन्दै बुधबार बिहान ‘सचेत नेपाली’ नामका व्यानरमा दूतावास अगाडि नारा घन्केको हो ।
समूहले आफ्नो कार्यक्रम गर्न थालेपछि प्रहरीले उनीहरूलाई तितरवितर गरेको थियो । उनीहरू त्यहाँ धर्नामा बस्न भने पाएनन् ।
प्रदर्शनकारीहरूले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।
सरकारले भने चिनियाँ पक्षको गतिविधिलाई चासो दिएको छैन ।
यसअघि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरूको घरघरमा धाएको विरोधमा ‘गो ब्याक चाइनाको नारा लागेको थियो ।
चीनले नेपालमाथि पछिल्लो समय दवाव बढाउँदै लगेको छ । नेपाल आउन थालेका सामान बोकेका ट्रकहरूलाई समेत अबरोध गरेर सिमानामा रोकेर राखेको छ ।
नेपालमा खड्गप्रसाद ओलीको नेतृत्वमा कम्युनिस्ट सरकार छ । तर, चीनले नेपालको कम्युनिस्ट सरकारलाई सहयोग गरिरहेको छैन । बरु कम्युनिस्ट सरकार रहेको मौका छापेर सिमाना मिच्न थालेको आरोप छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया