गगन थापाले व्यवसायी खड्कालाई कांग्रेसमा प्रवेश गराए

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले व्यवसायी सुब्बा खड्कालाई पार्टी प्रवेश गराएका छन् ।

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–५ सुरीका व्यवसायी खड्कालाई थापाले कांग्रेसमा प्रवेश गराएका हुन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले खड्कालाई कांग्रेसको सदस्यता दिएका थिए ।

थापाले नेपाली कांग्रेसलाई फेरि पहिलो पार्टी बनाउन नयाँ युवाहरूको पार्टीमा आकर्षणसँगै प्रवेश बढाउनुपर्ने बताए ।

उनले खड्कालाई जिल्लामा सक्रिय भएर पार्टी हितमा लाग्न निर्देशन दिएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काको पनि उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2020 September 23, 11:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया