नेकपाभित्र खटपट चलेका बेला भारतीय राजदूतसँग नारायणकाजीले सुटुक्क भेट

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका छन् ।

ललितपुरको हरिसिद्धिमा बुधबार श्रेष्ठ र राजदूत क्वात्राबीच सम्वाद भएको हो ।

भारतीय राजदूत क्वात्रासँग नेपाल–भारतबीचको सम्बन्धका बिभिन्न आयामका बारेमा छलफल भएको श्रेष्ठले बताएका छन् ।

‘दुई देशका बीचमा रहेका समस्यालाई छिटो वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने आवश्यकताका बारेमा पनि बिचार आदान प्रदान भयो’, प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै भनेका छन् ।

नेकपाभित्र प्रधानमन्त्री खड्गप्रसाद ओलीले दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाललाई अध्यक्षको जिम्मेवारी दिएका बेला भारतीय राजदूत क्वात्राले राजनीतिक भेटवार्ता र सक्रियलाई तीब्र बनाएका छन् ।

नेकपाभित्र खटपट चलिरहेका बेला श्रेष्ठले भारतीय राजदूतलाई सुटुक्क भेटेका छन् ।

Published : Wednesday, 2020 September 23, 11:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया