चीनद्वारा नेपालविरुद्ध नाका बन्दी, कांग्रेसका खतिवडाको खुलासा, ओली र कम्युनिस्टहरूलाई पत्याएन

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नेपाललाई अघोसित रुपमा चीनले नाका बन्दी गरेको भन्दै कडा शब्दमा विरोध गरेका छन् ।

कांग्रेसका युवा नेता खतिवडाले ट्वीट गर्दै चीनले केरुङ र तातोपानीमा नाका बन्दी गरेको बताए ।

उनले नेपाल आउन लागेका सामान चिनियाँ पक्षले नेपाल–चीन बोर्डरमा रोकेको भन्दै विरोध गरेका हुन् ।

‘चीनले केरुङ र तातोपानी नाका बन्द गरेर बीसीजी खोपमा प्रयोग हुने सिरिञ्ज लगायत पीसीआर मेसिन, भिटिएम, कीट, पीपीइ, माक्स, सेनिटाइजर लगायतका स्वास्थ सामग्री र ब्यापारीका अन्य अरबौका समान रोकेको समाचारबारे सरकार किन मौन ?’, खतिवडाको प्रश्न छ ।

‘यो देशमा जनताको सरकार छ, छैन ? जवाफ कस्ले दिने ?’, उनको प्रश्न छ ।

भारतले नेपालमा नाका बन्दी गरेका बेला चीनले नेपाललाई सहयोग नगरेको भनेर आलोचना भएको थियो । तैपनि नाका बन्दीका बेला चीनले सहयोग गरेन ।

खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले चीनसँग राजनीतिक, आर्थिक र सामाजिक सम्बन्ध बढाउन खोजेका छन् । चीनले ओली र नेपालका कम्युनिस्टलाई पत्याइरहेको छैन ।

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार हुँदा पनि चीनबाट आउन लागेका सामान बोकेका ट्रक र कन्टेनरहरू सिमानामा चीनले रोकेर महिनौँदेखि अलपत्र बनाएको छ ।


केही महिना अगाडि चिनियाँ कम्युनिस्टहरूले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई दिएको प्रशिक्षण पनि काम लागेको छैन । चीनको पछिल्लो हर्कत र गतिविधिले ओलीको कम्युनिस्ट सरकारलाई धेरै नरुचाएको सन्देश दिएको छ ।

त्यति मात्रै होइन चीनले हुम्लामा दुई किलो मिटरभित्र नेपाली भूमिमा प्रवेश गरेर घरहरू बनाएको छ । नेपाली भूमि चीनले मिचेकोमा सबैले विरोध गरिरहेका छन् ।

Published : Wednesday, 2020 September 23, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया