कोरोना संक्रमित काठमाडौंसहित कुन जिल्लामा कति थपिए ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरि पछिल्लो २४ घण्टामा १ हजार १ सय ७२ जना कोरोना संक्रमित भेटिएका छन्।

मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ४ सय २६ महिला र ७ सय ४६ पुरुषमा कोरोना पोजेटिभ भेटिएको जानकारी दिए। योसँगै नेपालमा ६७ हजार ८ सय ४ जना पुगेका छन्।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय ९३ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन्।

डिस्चार्ज हुनेको संख्या ४९ हजार ९ सय ५४ जना पुगेको छ।

प्रवक्ता डा.गौतमले १ महिला र ६ पुरुष गरि ७ जनाको कोरोनाको संक्रमण मृत्यु भएको भएको जानकारी दिए। योसँगै नेपालमा ४ सय ३६ जनाको मृत्यु भएको छ।

Published : Wednesday, 2020 September 23, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया