महर्जनले जनताकाे सेवा गर्न ललितपुरमा कम्युनिस्टको अबरोध भत्काइदिए, जिल परे सिलवाल र सञ्जलेहरू

लगनखेल । नेपाली कांग्रेस खेलकुद विभागका सचिव एवम् युवा नेता मीनकृष्ण महर्जनले निषेधाज्ञाका बेला ललितपुरका विभिन्न स्थानमा ‘फुड बैंक’ सञ्चालन गरेर अति विपन्न परिवारहरूको उद्धार गरेका छन्।

खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिइहाको कम्युनिस्ट सरकारले कोरोना महामारीका बेला अति विपन्न परिवारहरूलाई राहत दिने कुनै पनि कार्यक्रम ल्याएको छैन। विगतमा लकडाउनका बेला पाँच किलो चामल वितरण गरेपनि कम्यनिस्ट सरकारबाट राहत नदिएको पीडितहरूको गुनासो छ।

महर्जनले पहिलो पटकको लकडाउनका बेला लगनखेलस्थित डोजोमा खाना खुवाएर मजदुर र अति विपन्न परिवारहरूको उद्धार गरेका थिए।

दोस्रो पटक कम्युनिस्ट सरकारले निषेधाज्ञा लगाएका बेला पनि कांग्रेसका युवा नेता महर्जनले गोदावरीका चापागाउँमा ‘फुड बैंक’ सञ्चालन गरेका थिए। उनको यो अभियानमा तरुण, विद्यार्थी, कांग्रेसका नेता, व्यवसायी, शुभेच्छुकहरूले साथ दिएका थिए।

नेता महर्जनले ठेंचो, धापाखेल, लुभु, हरिसिद्धि, सानोगाउँ, इमाडोल लगायतका विभिन्न स्थानमा ‘फुड बैंक’ सञ्चालन गरेका थिए।

मजदुरी गरेर दैनिक जीविकोपार्जन गर्ने वर्गलाई महर्जनको ‘फुड बैंक’लाई धेरै सहयोग मिलेको थियो। चामल, तेल, तरकारी, दाललगायतका खाद्यान्न वितरण गरिएको छ। खाद्य सामग्री विरतण गर्ने क्रममा सरकारले तोकेको मापदण्ड अपनाएर ‘फुड बैंक’ सञ्चालन भएका थिए।

कांग्रेसका युुवा नेता महर्जनले ‘फुड बैंक’ सञ्चालन गरेर सहयोग गर्ने आफूहरूको प्रयासबाट समस्यामा परेका सर्वसाधारणलाई सहयोग मिलेको बताएका छन्। ‘हाम्रो सानो प्रयासबाट शुरु भएको ‘फुड बैंक’बाट दुखी, गरिब, असाहय, निमुखा, बिपन्न परिवारलाई राहत मिलेको छ’, उनले भने, ‘समस्या परेका जनताको घाउँमा मलम लगाउने प्रयास गरेका छौँ।’

हुन त महर्जनको ‘फुड बैंक’ अभियानबाट ललितपुर जिल्लाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित जनप्रतिनिधिहरूलाई तनाब भएको थियो। विशेष गरेर नेकपाका प्रतिनिधि सभाका सांसद नवराज सिलवाल र प्रदेश सांसद चेतनाथ सञ्जेललाई ‘फुड बैंक’ले तनाब भएको थियो।

नेकपाका सिलवाल र सञ्जेलले ‘फुड बैंक’ रोक्न ठूलो दवाव दिएका थिए। प्रहरीले रोक्ने प्रयास पनि गरेको थियो। तर, महर्जनले स्थानीय युवा र सर्वसाधारणको समर्थनमा ‘फुड बैंक’ सञ्चालन गरेका थिए।

ललितपुर जिल्लामा महर्जन स्थानीयका बीच लोकप्रिय मानिन्छन्। भूकम्पका बेला होस् वा कोरोना महामारीका समयमा होस् । महर्जनले युवाहरूलाई समेटेर सहयोग गर्न जुट्छन्। उनको यही समाज सेवा नेकपाका लागि टाउको दुःखाइ बन्दै आएको छ। ललितपुरमा टक्कर दिने भनेकै महजन र उनका तरुण, विद्यार्थी तथा साथीहरूनै हुन्।

महर्जनको अभियानमा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत, पूर्वमन्त्री एवम् कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, ललितपुर कांग्रेसका पार्टी सभापति मदनबहादुर अमात्य, पूर्वराज्यमन्त्री एवम् युवा नेता उदयशम्शेर राणा, तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतलगायतले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्दै आएका छन्।

कम्युनिस्टहरूको असहयोग हुँदा पनि कांग्रेस नेता र स्थानीयहरूको सहयोग पाएपछि महर्जनलाई ‘फुड बैंक’ सञ्चालन गर्न सहयोग भएको थियो।

‘मलाई साथ दिने सबैप्रति अभारी छु’, महर्जनले भने, ‘यस्ता सामाजिक कार्यमा मलाई जति नै अबरोध भए पनि पछाडि हट्ने छैन। सबै अबरोधको सामना गरेर समस्यामा परेका जनताको सेवा गर्नेछु।’

Published : Wednesday, 2020 September 23, 11:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया