पहिरोले तानसेन–बुटवल सडकखण्ड अबरुद्ध

तानसेन । पाल्पा जिल्लाको बुटवल–तानसेन सडक खण्ड अबरुद्ध भएको छ।

बुधबार बिहान पौने ९ बजे पहिरो खस्दा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोष भट्टराईले जानकारी दिए।

‘सिद्दार्थ राजमार्गस्थित पाल्पाको तिनाउँ गाउँपालिका–५ कालिमाटीमा ढुङ्गासहितको पहिरो खसेकोले बुटवल–तानसेन सडकखण्ड अवरुद्ध भएको छ’, उनले भने, ‘सडक डिभिजनसंग समन्वय गरी सडक खुलाउन पहल भैरहको छ।’

पहिरोसम्बन्धमा थप विवरण आउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Published : Wednesday, 2020 September 23, 10:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया