प्रहरी हेडक्वाटरद्वारा एक पटक ४८८ इन्स्पेक्टरहरूको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा गरेको छ।

मानवश्रोत एवम् प्राशसन विभाग कर्मचारी प्रशासन शाखाका अनुसार ४८८ जना इन्स्पेक्टरहरूको सरुवा गरिएको हो। उनीहरूको असोज ५ गते सरुवा गरिएको सूचनामा उल्लेख छ।

सबैभन्दा पुछार ४८८औँ नम्बरमा होमप्रसाद अधिकारीको ईलाका प्रहरी कार्यालय काँकडभिट्टा, झापा अपराध नियन्त्रण शाखामा भएको छ।

१ नम्बरमा अच्युतराज आचार्यको संघीय प्रहरी ईकाइ कार्यालय रुपन्देही प्रशासन शाखामा सरुवा भएको छ।

सरुवा हुनेमा अन्जन कोइराला, अनलिकुमार उप्रेती, अनिल ठाकुरलगायत रहेका छन्। कोरोना महामारीका बेला प्रहरी मुख्यालयले यति ठूलो संख्यामा इन्स्पेक्टरहरूको सरुवा गरेको छ।

Published : Tuesday, 2020 September 22, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया