मंगलबार काठमाडौंमा कोरोना संक्रमित धेरै भेटिए, कुन जिल्लामा कति थपिए ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका पछिल्लो २४ घण्टामा ६४६ जनामा कोरोना पोजेटिभ भेटिएको छ।

मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना देखिएको छ।

पछिल्लो २४ घण्टामा देशभरि १३ सय ५६ जनामा कोरोना पोजेटिभ भेटिएको छ। योसँगै नेपालमा मंगलबारसम्म ६६ हजार ६ सय ३२ जनामा कोरोना भएको छ।

कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। काठमाडौंका ५० वर्षीय पुरुष र काभ्रेकी ५० वर्षीया महिलाको मृत्यु भएको डा.गौतमले बताए। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ।

प्रवक्ता डा.गौतमले पछिल्लो २४ घण्टामा ८२३ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन्। नेपालमा निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ।

Published : Tuesday, 2020 September 22, 5:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया