कांग्रेसका युवा व्यवसायी न्यौपाने विभागको सदस्यमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनसम्पर्क समिति समन्वय विभागको सदस्यमा युवा व्यवसायी प्रज्ञान न्यौपानेलाई मनोनीत गरेका छन्।

दाङ कांग्रेसका युवा नेतासमेत रहेका न्यौपाने वैदेशिक रोजगार व्यवसायी पनि हुन्। उनी पार्टीमा निकै सक्रिय मानिन्छन्।

नेपाली कांग्रेस निकटको लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको पूर्वअध्यक्षसमेत रहेका न्यौपानेलाई सभापति देउवाले विभागको सदस्यमा सोमबार मनोनीत गरेका हुन्।

दाङमा न्यौपाने परिवारको आफ्नै बर्चश्व छ। युवा नेता न्यौपानेका हजुर बुबा जुद्धबहादुर न्यौपाने ०१५ सालमा सांसद थिए।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको हालैको नेतृत्व जिताउन न्यौपानेको पनि योगदान छ। सधैँ कम्युनिस्टहरूले जित्दै आएको संघमा न्यौपानेले पनि कांग्रेस निकटका व्यवसायीहरूको पूरै प्यानल जिताउने आफ्नो तर्फबाट पनि भूमिका खेलेका थिए।

Published : Tuesday, 2020 September 22, 9:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया