कोरोनाबाट १० को मृत्यु, काठमाडौंमा संख्या घट्न सकेन, कुन जिल्लामा कति ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मुलुकभरि १ हजार ३ सय २५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको छ।

आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिएको जानकारी दिए।

काठमाडौंमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना गरी उपत्यकामा ७६७ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको डा.गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ४६ हजार २३३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर १० कोरोना संक्रमितको मृत्यु भएको छ।

Published : Sunday, 2020 September 20, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया