डा.महतद्वारा यादबलाई नवलपरासी सूचना विभाग संयोजकमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले अनोज यादव नवलपरासीको कोरोना अनुगमन सूचना विभागको संयोजकमा मनोनीत गरेका छन् ।

प्रतापपुर गाउँपालिका निवासी एवम् नवलपरासी अनोज यादवलाई डा.महतले संयोजक बनाएका हुन् ।

डा.महतले देशभरि कोभिड–१९ कोरोनाबारे देशभरिबाट अनुगमन समितिलाई नियमित सूचना, जानकारी दिनका लागि सूचना विभाग र सदस्यहरू मनोनीत गर्दै आएका छन् ।

सोही क्रममा सह–महामन्त्री एवम् कोभिड–१९ अनुगमन समितिका संयोजक डा.महतले यादबलाई नवलपरासीको संयोजक बनाएका हुन् ।

सूचना संयोजकले जिल्लामा कोभिड–१९ संक्रमणको स्थिति परिक्षणको अवस्था, कोरोना संक्रमितको लागि अस्पतालको स्थिति स्वास्थ्य सामग्री, चिकित्सक, स्वास्थ्यकर्मीहरूको व्यवस्था, आइसोलेसन, क्वारेन्टाइनको सुविधालगायतमा केन्द्रमा जानकारी पठाउनुपर्नेछ ।

Published : Sunday, 2020 September 20, 6:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया