कोहलपुरमा नेकपाभित्र खैलाबैला, लोकप्रिय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश

कोहलपुर । बाँके जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पहिरो गएको छ ।

कोहलपुर नगरपालिका वडा नं. ३ मा शनिबार आयोजित कार्यक्रममा नेकपासहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै प्रवेश गराएकी हुन् ।

सभापति कोइरालाले कम्युनिस्टहरू जनतालाई भ्रममा पारेर धोका दिएपछि नेकपासहित विभिन्न दलका नेताहरू कांग्रेसमा आएको बताइन् । उनले सबैलाई कांग्रेसले संरक्षण दिने बताइन् ।

Published : Sunday, 2020 September 20, 12:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया