गलकोटमा नेकपाभित्र पहिरो, ८० जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

गलकोट । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार असफल हुँदै गइरहेका बेला बाग्लुङ जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बाग्लुङबाट नेकपाका देवेन्द्र पौडेलले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् । नेकपाका सांसद पौडेलले निर्वाचनमा जनतासँग गरेको बाचा भुलेको आरोप लगाउँदै नेकपा छाडेर नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

गलकोट नगरपालिका वार्ड नं. ११ मा शनिबार आयोजित कार्यक्रममा नेकपाका ८० जना नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेसकी युवा नेतृ सगुन कँडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएकी छिन् ।

काठमाडौंमा नेकपाका अध्यक्ष समेत रहेका कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले संविधान दिवस मनाइरहँदा बाग्लुङमा भने उनको दलका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Sunday, 2020 September 20, 8:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया