देउखुरीमा कम्युनिस्टहरू असफल, राप्ती–२ मा नेकपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

मसुरिया । दाङको देउखुरीमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

राप्ती गाउँपालिकाको वडा नं. २ मा शनिबार आयोजित कार्यक्रममा नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वसांसद सुशीला चौधरीले पार्टीमा भित्र्याएकी हुन्।

दाङ क्षेत्र नं. १ बाट तत्कालीन एमालेका केन्द्रीय सदस्य मेटमणि चौधरीले प्रतिनिधि सभामा जितेका छन्। प्रदेश सभामा पनि दुबै पद नेकपाले जितेको छ।

प्रदेश सांसद कम्युनिस्टहरू ईन्द्रजित चौधरी र रेवतीरमण शर्मा तथा प्रतिनिधि सभाका सांसद मेटमणि चौधरीले कुनै पनि विकासका काम गर्न नसकेको भन्दै नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका हुन्।

कांग्रेस नेतृ एवम् पूर्वसांसद चौधरीले कम्युनिस्टहरू धेरै झुठको खेती गर्न माहिर रहेको बताइन्। ‘कांग्रेसले जनताको काम गर्छ। धेरै प्रचार प्रसार गर्दैन’, उनले भनिन्, ‘कम्युनिस्ट भनेका धेरै झुठको खेती गर्नेहरूको समूह हो।’

झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि नेकपाको कम्युनिस्ट सरकार हुँदा पनि जनताको साधारण कुरा पनि पूरा हुन नसकेको नेतृ चौधरीले आरोप लगाइन्।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस राप्ती गाउँपालिकाका सभापति दुर्योधन पाण्डे, नेपाली कांग्रेसका नेता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, दोर्ण भुसाल, जगदम्बा चौधरीलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

Published : Saturday, 2020 September 19, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया