तरुण दलको दक्षिणकाली नगर समितिद्वारा काठमाडाैंमा रक्तदान

काठमाडौं । नेपाल तरुण दल दक्षिणकाली नगर समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

दक्षिणकाली नगर समितिले शनिबार काठमाडौंमा १०७ औ वीपी कोइरालाको जन्म जयन्ती तथा २३औं वीर गणेशमान सिंहको स्मृतिमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८८ पिन्ट रगत संकलन भएको नगर सचिव प्रशान्त खत्रीले जानकारी दिएका छन् ।

हरेक वर्ष तरुण दलको स्थापना दिवस कात्तिक १० गतेको दिन गर्दै आएको कार्यक्रम यस वर्ष नेपालीहरूको महान पर्व दशैँको टीका परेको हुँदा रक्तदान कार्यक्रम चाँडै आयोजना गरिएको तरुण दलका नगर अध्यक्ष बद्री कार्कीले जानकारी दिएका छन्।

कार्यक्रममा उपस्थित हुने र नगरको आसपासको क्षेत्रहरूमा बाड्नका लागि १००० थान सर्जिकल मास्क नेपाल तरुण काठमाडौंका जिल्ला सचिव दिनेशबिक्रम शाहले उपलब्ध गराएको काठमाडौं जिल्ला सदस्य बलराम थापाले बताए।

नेताहरूको त्याग र बलिदानले बनेको कांग्रेस पार्टीमा विभिन्न विकृति आएकोले सच्चा इमानदार कार्यकर्ता पाखा लाग्नु संगठनको लागि दुर्भाग्य भएको तरुण सदस्य थापाले बताएका छन्।

Published : Saturday, 2020 September 19, 6:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया