शनिबार देशभरि संक्रमित कति ? चार सय कट्यो मृत्यु हुनेको संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरि १ हजार २ सय ४ जनामा कोरोना पोजेटिभ भेटिएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ जना पुगेको छ।

शनिबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा २४ घण्टामा १४४७ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । काठमाडौं उपत्यकामा मात्रै ७११ जनामा कोरोना भेटिएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ४ पुरुष छन्।

प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मृत्यु हुने महिलामा मोरङकी ६५, रौतहटकी ५१, सर्लाहीकी ५६, ललितपुरकी ७६ र ६८, काठमाडौंकी ७७, मकवानपुरकी ३७ गरि सात जनाको मृत्यु भएको छ।

मृत्यु हुने पुरुषमा ललितपुरका ६०, काठमाडौंका ७५, रुपन्देहीका ६९ र बाँकेका ४५ वर्षीयको मृत्यु भएको छ। नेपालमा योसँगै मृत्यु हुनेको संख ४०१ पुगेको छ।

मन्त्रालयका अनुसार ओखलढुंगामा ३, खोटाङमा १, झापामा ६, मोरङमा ३३ र सुनसरीमा २३ जनामा कोरोना भेटिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार धुनषामा २, पर्सामा ६, बारामा १ सय ११, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा १९, सर्लाहीमा १५ र सिरहामा ८ जनामा कोरोना भेटिएको छ।

काठमाडौंमा ५ सय ७०, काभ्रेमा १४, चितवनमा ७, दोलखामा ५, धादिङमा १३, नुवाकोटमा ४, भक्तपुरमा ३, मकवानपुरमा १८, रामेछापमा ९, ललितपुरमा ५८, सिन्धुपाल्चोकमा ४ र सिन्धुलीमा ७ जनामा कोरोना भेटिएको छ।

कास्कीमा १३, गोरखामा ४, तनहुँमा ५, नवलपरासी पूर्वमा ४५, पर्वतमा २, लमजुङमा ५ र स्याङजामा ३ जनामा कोरोना भेटिएको छ।

अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, दाङमा २८, नलवपरासीमा १, पाल्पामा २, प्युठानमा १, बर्दियामा २०, बाँकेमा २० र रुपन्देहीमा १ जनामा कोरोना पोजेटिभ भेटिएको छ।

दैलेखमा २ र सुर्खेतमा ३, सुदूरपश्चिमको कञ्चनपुरमा २, कैलालीमा ८, डडेल्धुरामा ३, दार्चुलामा २१ र बैतडीमा ३ जनामा कोरोना भेटिएको प्रवक्ता डा.गौतमले बताएका छन्।

Published : Saturday, 2020 September 19, 6:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया